२३ कार्तिक २०७४, बिहीबार

स्पेनिस क्लब रियल मड्रिडले पेरीस सेन्ट जर्मेन पिएसजीका स्टार नेयमार भित्र्याउने पहल थालेको छ । स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको स्थानमा रियलले नेयमारलाई आफ्नो क्लबमा भित्र्याउने प्रयास गरेको हो ।

रियल मड्रिडमा पोर्चुगिज स्टार स्ट्राइकर रोनाल्डोको प्रभाव कम हुँदै गएपछि क्लबले उनको स्थानमा नेयमार भित्र्याउने योजना बनाएको हो । रियल मड्रिडसँग रोनाल्डोको सम्झौता सन् २०२१ सम्म रहेको छ । रोनाल्डोको सम्झौता सकिएपछि रियलले नेयमारलाई रोनाल्डोको विकल्पको रुपमा हेरेको हो । गत सिजन क्लबलाई च्याम्पियन्स लिग जिताउन महत्वपूर्ण भूमिका खेलेका रोनाल्डोले यो सिजन भने जम्न सकेको छैन । ला लिगामा सिजनको सुरुवाती चार खेलमा प्रतिबन्धमा परेका रोनाल्डोले अहिलेसम्म मात्र एक गोल गरेका छन् ।

नेयमारले पनि रियलमा जाने चाहना राखेको बताइएको छ । नेयमार बार्सिलोनबाट यो सिजन कीर्तिमानी मूल्य १ सय ८९ मिलियन पाउण्डमा पिएसजी आएका हुन् । नेयमारले पिएसजीसँग पाँच वर्षको सम्झौता गरेका थिए । उनले पिएसजीबाट यो सिजन १२ खेल खेल्दै ११ गोल गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV