२३ कार्तिक २०७४, बिहीबार

चितवन ।  नारायणगढ-मुग्लिन सडक खण्ड मर्मत का लागि भन्दै  आउँदो आइतबारदेखि दैनिक साढे चार घण्टा र शनिवार ७ घण्टा सवारी बन्द गरिने र कात्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घन्टा बन्द हुने भएको छ।

योजना प्रमुख चन्द्रनारायण यादवका अनुसार बिहान ७ देखि ८:३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म गरी जम्मा साढे ४ घन्टा सवारी बन्द गर्नुपर्ने हुन्छ ।

वर्षाको  र चाडपर्वको समय परेका कारण झन्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो। भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो। त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो। स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरूका बीचमा भएको छलफल तथा सहमति अनुसार यात्रुहरुलाई मर्का नपर्नेगरी छोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने  यादवले बताए।

 

नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बनाइँदैछ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV