२३ कार्तिक २०७४, बिहीबार

एजेन्सी । सामानहरु राख्नको लागि हामी  काठ वा स्टिलबाट बनेको दराज प्रयोग गर्छौ । तर समय  बदलिदै  जाने क्रममा कुनै पनि कुराको विकास हुदै जाने भएकोले त्यस्तै सामान राख्ने दराज एक उदाहरण फोल्डिंग क़ुइन दराज बनेका छन्।

आजकल यस्तो दराज आएको छ जुन  फलामको पाइपलाई प्लास्टिकको जोइन्टले जोडेर बन्छ । यसमा कपडाको कभर हुन्छ जसलाई जिपर लगाएर बन्द गर्न मिल्छ । यो दराज हलुका र फोल्डिंग गर्न मिल्ने भएकोले यसलाई खोलेर यता उता लैजान एक दमै सजिलो हुन्छ ।

कोठा सरिराख्नु पर्ने र स्टुडेन्ट हरुको लागी  यो दराज  एक दमै उपयोगी हुन्छ ।यो दराजमा दुइ वटा लुगा झुन्डाउने क्याबिन हुन्छ र छ वटा अर्को सानो खण्ड हुन्छ जसमा कपडा पट्टाएर राख्न सकिन्छ । आजकाल बजारमा एउटा मात्र झुन्डाउने भएको र तिन वटा मात्र खण्ड भएको लुगा दराजलाइ तिन हजारमा बिक्रि भैरहेको छ ।

 

LIVE TV