२३ कार्तिक २०७४, बिहीबार

काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभर साढे १३ लाख भन्दा बढी मतदाता थपिएका छन् । स्थानीय तह निर्वाचनमा १ करोड ४० लाख ७२ हजार ४ सय १९ मतदाता थिए ।

निर्वाचन आयोगले असोज १७ गते अध्यावधिक गरेको अन्तिम मतदाता नामावली १३ लाख ५५ हजार ५ सय १६ नयाँ मतदाता थपिएका हुन् । मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि १ करोड ५४ लाख २७ हजार ९३५ जनाको मतदाता नामावली कायम भएको छ । भदौ ५ गते १८ वर्ष पुगेका सबैले मताधिकार प्रयोग गर्न पाउनेछन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएपछि १८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम छुटेकाका लागि मतदाता नामावली संकलन गरेको थियो । पछिल्लो मतदाता नामावलीमा सबैभन्दा बढी मतदाता मोरङ, काठमाडौं, कैलाली, सुनसरी, दाङ, काभ्रे र चितवनमा थपिएका छन् । स्थानीय तहको निर्वाचनपछि सबैभन्दा बढी मतदाता मोरङमा थपिएका छन् ।

स्थानीय तह निर्वाचनमा ५ लाख ५३ हजार ८७० मतदाता रहेको मोरङमा ८० हजार ९१५ मतदाता थपिएर ६ लाख ४४ हजार ७८५ पुगेको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनपछि सबैभन्दा कम मतदाता मनाङमा थपिएका छन् । मनाङमा ७ सय ८५ मतदातामात्रै थपिएको आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV