२३ कार्तिक २०७४, बिहीबार

काठमाडाैं। प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । उम्मेदवारहरू आआफ्ना पक्षमा माहोल बनाउन सबै उपाय अपनाइरहेका छन् । विशेषगरी गीतसंगीतमार्फत् चुनावी माहोल आफ्नो पक्षमा पार्न उम्मेदवारहरू जुटेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन ३ बाट प्रतिस्पर्धामा छन् । प्रचण्डलार्इ जिताउन बद्री पंगेनीसमेत अगाडि आएका छन् ।

लोकदोहोरी विधाका चर्चित, नेपाल लोकदोहोरी प्रतिष्ठानका अध्यक्षसमेत रहेका पंगेनीलगायतका कलाकारले प्रचण्ड जिताऔँ भन्ने गीत गाएपछि अहिले सो गीत चर्चित बन्दै गएको छ । नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
LIVE TV