२३ कार्तिक २०७४, बिहीबार

१. निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग अक्षम्य अपराध भएको प्रमुख निर्वाचन आयुक्त यादवको भनाई, बालबालिकाको प्रयोग गर्ने दलमाथि कडा कारवाहीको चेतावनी ।

२. मुलुक निर्वाचनमा निर्लिप्त बन्दा देशको प्रमुख प्रशासनिक सचिवालय सिंहदरबार बन्यो सुनसान, अधिकांश मन्त्रीहरु उम्मेद्वार बनेपछि महत्वपूर्ण कार्यहरु ओझेलमा ।

३. अवस्था सामान्य भएपनि तरकारीको भाउले भने आकाश छुने गरिने नयाँ उचाई कायम गर्दै, बजार अब कसैको नियन्त्रणमा नरहेको उपभोक्ताहरुको गुनासो ।

४. एएफसी एसिया कप यु–नाइन्टीन छनोट फुटबलमा नेपालको लज्जास्पद उपस्थिति, समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसंग पाँच शून्यको फराकिलो अन्तरले पराजित ।

५.र, अमेरिकालाई कमजोर नठान्न र कम शक्तिशाली नआक्न उत्तर कोरियालाई अमेरिकी राष्ट्र ट्रम्पको चेतावनी, उत्तरको परमाणु कार्यक्रम विश्वकै लागि तनाव ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV