२२ कार्तिक २०७४, बुधबार

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा पनि पूँजीगत खर्च लक्ष्य अनुरुप हुन सकेको छैन । आर्थिक वर्षको पहिलो चार महिनामा २० प्रतिशत पूँजीगत खर्च गर्ने अर्थमन्त्रालयको लक्ष्य रहेको भए पनि लक्ष्य अनुरुप खर्च हुन सकेन ।

कात्तिक महिनाको दोस्रो साता सम्म ५ दशमलव ४३ प्रतिशत मात्र अर्थात १८ अर्व १९ करोड मात्र खर्च भएको छ । पूँजीगत खर्च वृद्धि गर्ने उद्धेश्यले सरकारले अघिल्लो आर्थिक वर्ष देखि आर्थिक वर्ष सुरु हुनु भन्दा डेढ महिना अगावै बजेट ल्याउने व्यवस्था गरेको थियो ।

दश पछि चालु आर्थिक वर्ष सुरु हुनु अगावै व्यवस्थापिका संसदबाट बजेट पास भएको थियो । तर अहिले सम्म कतिपय आयोजनाहरुको टेन्डर सम्म हुन सेकेको छैन । विकास मन्त्रालयहरुले बजेट खर्च गर्ने प्रणालीमै सुधार गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

अर्थशास्त्रीहरुले बजेट अघि नै सरकारले गर्ने खर्चमा सुधार गर्न आवश्यक भएको सुझाव दिएका छन । अर्थबिदहरुले खर्च गर्ने प्रणालीमै सुधारको आवश्यकता रहेको बताएका छन । मन्त्रालयहरुले तत्काल खर्च गर्ने प्रणालीमा सुधार नगरे यस वर्ष पनि पूँजीगत खर्चमा विगतकै अवस्था जस्ता सरकारले बिकास खर्च गने नसक्ने अवस्था दोहोरिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV