२२ कार्तिक २०७४, बुधबार

काठमाडौं । वाम गठबन्धनबाट ललितपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका उम्मेदवार नवराज सिलवाल जनताका बीचमा मत माग्दै खेत खेतमा समेत पुग्न थालेका छन् । जनता धान काट्न ब्यस्त भएकाले उनी पनि खेतमै गएर जनतालाई सघाउदै मत मागिरहेका छन् ।

बुधबार सिलवाले आफ्नो क्षेत्रमा पर्ने मतदाताको खेतमा गएर धान काटेको तस्वीरहरु अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । डुकुछापका किसान प्रकाशचन्द्र दनुवारको खेतमै उनी मत माग्न पुगेका थिए ।

सिलवाले आफ्ना एजेण्डा र योजनाहरु मतदातालाई काममा सघाउँदै खेतमै गएर सुनाउने गरेका छन् । अन्य उम्मेदवारहरु निर्वाचन आचारसंहिता मिच्दै मतदातालाई प्रभावमा पार्न लागिरहेका बेला सिलवालले मत माग्ने नयाँ तरिका अपनाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV