२२ कार्तिक २०७४, बुधबार

बरीष्ठ कलाकार निर शाहले फिल्म कान्छीको गीत सार्वजनिक कार्यक्रममा बोल्दै दयाहाङको अभिनय कलाबाट आफु अत्यन्तै प्रभावित भएको र दयाहाङकै कारणले आफू अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएको बताए ।

बिहीवार राजधानीमा फिल्म कान्छीको गीत सार्वजनिक कार्यक्रममा बोल्दै शाहले भने -“दयाहाङ राई भनेको आधुनिक सिनेमाको अभिनयलाई छुट्टै परिभाषा दिन सकेको व्यक्ति यस्तो व्यक्ति आधा शताव्दीमा एकपटक मात्र जन्मन्छ ।’

‘म दयाहाङको प्रत्यक्ष अभिनय हेर्न लालहित थिएँ, जुन कान्छीबाट पूरा भएको छ । मैले जति सोचेको थिएँ त्यसभन्दा धेरै पाएँ दयाहाङलाई । उहाँको अभिनयबाट मैले आफूलाई अझ प्रशिक्षित र दिक्षित हुने मौका पाएँ ।’, उनले भने । नीर शाहको छेवैमा रहेका दयाहाङले भने- ‘म उहाँको कुराबाट भावुक भएँ । मलाई उहाँले यसरी मुल्यांकन गर्नुभएको रहेछ’, खुशी लाग्यो ।

फिल्म ुकान्छीुमा नायिका श्वेता खड्काको पिताको भूमिका निर्वाहा गरेका शाहले आफ्नो अभिनय यात्राको ५० वर्ष लामो करिअरमा ुकान्छीु पहिलो फिल्म रहेको पनि बताए । यो फिल्ममा दया, स्वेता, नीर शाह, अनु शाह, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV