२२ कार्तिक २०७४, बुधबार

पाँचथरको सदरमुकाम फिदिम नगरपालिकाको मुस्कान चोक नजिक वेवारिसे बम फेला परेको छ । सर्वसाधारणलाई आतंकित पार्न बम राखिएको हुन सक्ने सेनाले जनाएको छ ।

मेची राजमार्गबाट पल्लोटार जाने सडकको छेउमा बासको रुखमा झुण्डाइरहेको अबस्था शंकास्पद बस्तु देखिए पछि नेपाली सेनाको टोलीले जाँच गरेको थियो । उक्त बस्तु बम भएको बताइएको छ । आल्मुनियमको बट्टामा प्याक गरेर तार र स्वीज राखि बम बनाएको सेनाले बताएको छ । फेला परेको नक्कली बमको सामग्रीहरु थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ ।

नेपाली सेनाको टोलीले उत्त बम डिस्पोजल टोलिले बिस्फोट गराएका थिए । डिस्पोज भएपछि आतंकित पार्न नक्कली बम राखिएको गणपति शिबराज पन्तले जानकारी दिनुभयो । निर्वाचनको समयमा कुनै समुहले सुनियोजित तरीकाले नक्कली बम राखेर नागरिकलाई आतंकित पार्न खोजेको आशंका गरिएको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV