२२ कार्तिक २०७४, बुधबार

काठमाडौँ । वामगठवन्धन प्रतिनिधिसभा पश्चिम रुकुमका उम्मेद्धार जनार्दन शर्माले निर्वाचनपछि मुलुकका तीनवटै तहमा कम्युनिष्ट सरकार सञ्चालन हुने वताउँदै उनले समाजवादी शासनको अभ्यास गर्ने प्रष्ट पारेका छन् । उनले निर्वाचनवाट मुलुकमा दुईतिहाई वहुमत सहितको स्थायी वामपन्थी सरकार स्थापना हुने वताए ।

रुकुममा भएको चुनाबी कार्यक्रमलाई सम्वोधन गर्दै नेता प्रभाकरले तीनवटै तहमा वामपन्थिहरुको वहुमतको सरकार हुने भएकोले सरकारले ढुक्कका साथ विकास निर्माण र जनसेवाको काम लाग्ने वातावरण वन्ने वताए ।

अवको ५ वर्षभित्र आफुले गर्नुपर्ने कामको लागि आफु सुझाव माग्न आएको वताउँदै नेता प्रभाकरले आफुलाई काम भारी वोकाउन आव्हान गरेका थिए । निर्वाचन जित्नु ठुलो कुरा नभएको भन्दै नेता प्रभाकरले मुलुकको विकास र जनताको जिवनस्तरमा परिवर्तन ल्याउनु आफनो प्रमुख प्राथमिकता भएको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV