२२ कार्तिक २०७४, बुधबार

१. जनताको अमूल्य मतलाई खरिदविक्रि नगर्न निर्वाचन आयोगको कडा निर्देशन, खरिदविक्रि गरेको भेटिए कारवाही गर्ने आयोगको चेतावनी ।

२. आगामी निर्वाचनका लागि कपिलवस्तुमा ३ लाख भन्दा बढी मतदाताले आफ्ना प्रतिनिधि चयन गर्ने, निर्वाचनको तयारी तीब्र बनाइएको निर्वाचन कार्यालयको भनाई ।

३. चुरे दोहनको समस्या विकराल बन्दै, स्थानीय तहका प्रमुखहरुकै मिलेमतोमा राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्तर्गतको उत्तरी मोरङका नदीहरुमा चुरे दोहन बढ्दै ।

४. आइओसीका सदस्य समेत रहेका नामिबियाका फ्रयांकी फ्रेडिक्स भ्रष्टाचारको आरोपमा निलम्बित, ओलम्पिक आयोजनाको जिम्मा रियोलाई दिंदा भ्रष्टाचार भएको निष्कर्ष ।

५.र, आतंककारीको निशानामा परेको अफगानिस्ताको काबुलस्थित एक टेलिभिजन पुनः सञ्चालनमा, सेनाको सहयोगमा कब्जा मुक्त, घटनामा एक टेलिभिजनकर्मीको मृत्यु ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV