२२ कार्तिक २०७४, बुधबार

वाम गठबन्धनमा आबद्ध नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का अध्यक्षले राजनीतिक स्थायित्वका लागि वाम एकता भएको स्पष्ट पारिएका  छन् ।

वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा विचार मिल्ने दलबीच एकता गर्नसमेत उनीरूले आग्रह गरिए  ।

वाम शक्तिबीचको एकताबाट काँग्रेस आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रश्न गरियो, “लोकतन्त्र मिलेर बलियो हुन्छ कि फुटेर ? झगडा गरेर पनि लोकतन्त्र बलियो हुन्छ ?”

काँग्रेसले आफ्नो घोषणापत्रमा वाम गठबन्धनप्रति अनेक भ्रम र आशङ्का फिँजाउने प्रयास गरे पनि आफूहरूले त्यस्तो नगर्ने र काम गरेरै देखाउने प्रतिबद्धता दुवै अध्यक्षले गरेका छन्  ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, “हामी अरूलाई आरोप लगाउने पक्षमा छैनौँ । ”
“हाम्रा उद्देश्य, लक्ष्य महान् र पवित्र छन्, सही उद्देश्य र सङ्कल्पसाथ अगाडि बढ्छौँ” भन्दै माओवादी अध्यक्ष प्रचण्डले चुनावी घोषणापत्रलाई देश बनाउने मुख्य आधारका रूपमा प्रस्तुत गरिएको स्पष्ट गरियो ।

छिमेकी शक्तिसँग सन्तुलित व्यवहार गर्ने प्रतिबद्धता गरेका वाम शक्तिले घोषणापत्रमा भनेका छन्, “हामी कतै ढल्किँदैनौँ, सन्तुलित व्यवहार गरी बिग्रेको सम्बन्धमा सुधार ल्याउँछौँ । ” गोरखापत्र

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV