२१ कार्तिक २०७४, मंगलवार

अछाम । युवा स्वरोजगार कोष वेरोजगार युवाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । तर, यतिवेला यो कार्यक्रमको चरम दुरुपयोग हुन थालेको छ । अझ निर्वाचनको मुखमा त झन् दुरुपयोगको सिमै छैन । यस्तै चरम दुरुपयोग भएको छ, अछाममा । दलका स्थानीय नेता–कार्यकर्ता, पत्रकार, बैँक तथा सहकारी र उनीहरूले पत्याएका साना–ठूला व्यापारीको हितमा कोषको रकम प्रयोग गरेको पाइएको हो ।

अछाममा स्वरोजगारका लागि ७४ जनालाई १ लाख देखि २ लाख सम्म वितरण गरिएको थियो । कृषि विकास बैंक मार्फत मात्रै अछाममा १ करोड लगानी भएको पाइएको छ । युवा स्वरोजगारका लागि ऋण लिने ७४ मध्ये ८ ऋणीले मात्र नियमित रुपमा ब्याज बुझाउने गरेको देखिएको छ । ६६ ऋणी बैँकको सम्र्पकमा नआएको कृषि विकास बैँकका निमित्त प्रबन्ध केशव साउदले जानकारी दिनुभयो । बाइटः केशब
यता बेरोजगार रहेका युवाहरुले भने पहुँच भएकाले मात्र स्वरोजगारको रकम पाएको गुनासो गरेका छन् । उनीहरुले कोषको दुरुपयोग भएको आरोप समेत लगाएका छन् ।
अछाममा विपन्न र बेरोजगारलाई अवसर दिन गठन भएको स्वरोजगार कोषबाट ऋण पाउनेहरू सबैजसो हुनेखाने र पहुँचवाला छन् । बेरोजगार तथा विपन्न युवालाई स्वरोजगार बनाउन गठन भएको स्वरोजगार कोषमा सम्पन्नताको हाली मुहाली भएको स्थानीय युवाको भनाई छ ।
२०६५ सालमा तत्कालिन सरकारले बेरोजगार युवालाई विना धितो सस्तो ब्याजदरमा २ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउन ‘युवा तथा साना व्यवसायी स्वरोजगार कोष २०६५’ कार्यक्रम घोषणा गरेको थियो । तर अहिले युवालाई दिएको रकम फिर्ता नहुँदा बैकलाई समस्या भएको छ ।
बैंकमा युवाहरुले लगेको रकमको ब्याज पनि बुझाउन नआउदा बैंकले प्रशासन मार्फत असुल उपर गर्ने मनस्थितीमा पुगेका छन् । तर, पहुँचवाला र राजनीतिक संरक्षण प्राप्त गरेकाले ऋण लगेपछि समस्या भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV