२१ कार्तिक २०७४, मंगलवार
फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणको अधिकार आफूलाई दिन प्रस्ताव गरेको छ । नेपाल टेलिकमले लगानी उठ्ने ग्यारेन्टी हुने गरि व्यवसायिक क्षेत्र नछुट्याएसम्म पुनर्निर्माण थाल्न नसक्ने बताएपछि प्राधिकरणले आफू वा आफूले तोकेको निकायमार्फत नै बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको हो ।

प्राधिकरणका प्रवक्ता यमलाल भुसालले मन्त्रिपरिषद्ले यसअघि धरहराको पुनर्निर्माण टेलिकमले गर्ने निर्णय गरेकाले त्यसलाई सच्याएर प्राधिकरणमार्फत ल्याउन प्रस्ताव गरिएको बताउनुभएको छ । प्राधिकरणले मन्त्रिपरिषदले निर्णयगरेसँगै प्राधिकरणले धरहरा पुनर्निर्माण गर्न तदारुक्ता देखाउने जनाउँदै नेपाल टेलिकमबाट लगानी सुरक्षण नहुने देखेपछि औपचारिक रूपमा नै हात झिक्न चाहेपछि प्राधिकरण स्वयंले तदारुकता देखाएको हो ।

काठमाडौंको पहिचान दिने सम्पदाको पुनर्निर्माण समयमै गराउन सरकारले पनि खासै चासो नदिँदा अझै पनि प्रक्रिया सुरु भएको छैन । यद्यपी नेपाल टेलिकमले आफूले हात झिकेपनि धरहरा पुनर्निर्माणका लागि १ अर्ब दिने प्रतिवद्धता भने कायमै रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV