२१ कार्तिक २०७४, मंगलवार

काठमाडौं । चितवनको भरतपुर ११ विशालचोकमा गुडिरहेको ट्रकमा आगलागी भएको छ । पराल बोकेको ट्रकले बिजुलीको नाङ्गो तार छोएपछि आगो लागेको हो ।

तत्काल दुई वटा दमकल, प्रहरी र स्थानीयको प्रयासमा आगो निभाइएको प्रहरीले जनाएको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

LIVE TV