२१ कार्तिक २०७४, मंगलवार

दान बहादुर बुढा

अख्तियार दुरपायोग अनुसन्धान आयोग मुगुमा सबै भन्दा बढि स्थानीय तहमा आर्थिक अनियमितता भएको पाइएकोछ । अख्तियार दुरपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतका अनुसार मुगुका स्थानीय तहमा आर्थिक अनियमितता भएको उजुरी धेरै परेको छ ।

मुगुमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा संघीय मामिला तथा स्थानीय विकास अन्तर्गत ८ वटा उजुरी दर्ता भएका छन् । संघीय मामिला तथा स्थानीय तर्फ उपभोक्ता समिति गठन प्रक्रियामा अनियमितता, गुणस्तर हिन पूर्वाधार विकास निर्माण, कर्णाली रोजगार लगायतका क्षेत्रमा धेरै अनियमितता भएको उजुरी परेको छ ।

त्यस्तै शिक्षा तर्फ पाठ्य पुस्तक समयमा नपुगेको, छात्रावृत्ती वितरण, स्वास्थ्य तर्फ औषधी खरिद प्रक्रियामा अनियमितता गरेको सम्बन्धि उजुरी पनि परेको छ । करारमा कर्मचारी भर्ना सबैभन्दा ठूलो समस्या देखिएको छ ।

अख्तियारको तथ्याकं अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन तर्फ दुई, युवा तथा खेलकुद तर्फ एक, बन तथा भु संरक्षण सम्बन्धि एक, शिक्षा तर्फ २ र सहकारी तथा गरिबी निवारण तर्फ एक गरि जम्मा १५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये एउटा मात्र फछ्र्यौट भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका अनसार चालु आर्थिक वर्षमा कालिकोटबाट ७१, दैलेखबाट ६३, जाजरकोटबाट ६०, हुम्लाबाट ३६, रुकुमबाट २३, डोल्पाबाट १८, जुम्लाबाट १७, मुगुबाट १५ र सल्यानबाट १५ गरि कुल ४ सय १ उजुरी दर्ता भएका छन् । हालसम्म ४९ बटा उजुरी मात्र फछर्यौट भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV