२१ कार्तिक २०७४, मंगलवार

काठमाडौं । नयाँ शक्तिलगायत बिभिन्न पार्टीका सयौं नेता तथा कार्यकर्ता माओबादी केन्द्र प्रबेश गरेका छन् । सोलुखुम्बु र प्युठानका नयाँ शक्तिका केन्द्रीय परिषद सदस्य मणी तामाङ र चन्द्र घिमिरेको नेतृत्वमा सोलुखुम्बुका नेता र कार्यकर्ता तथा प्युठानको नयाँ शक्ति पार्टीका प्रमुख हिमबहादुर केसीसहित नेताकार्यकर्ताहरु माओवादी केन्द्र प्रबेश गरेका हुन् ।

माओवादी केन्द्र थुलुङ दुधकोशी गाउपालिकाद्वारा सोमबार माओवादी मुख्यलय पेरिसडाँडामा आयोजित एक कार्यक्रमकाबीच माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा बादलले नव प्रबेशीहरुलाई अबिर र खादा लगाएर स्वागत गरेका थिए । यसै अवसरमा ब्यबसायी तथा समाजसेबी डेम्बुराज राई, निर्कुधन राई, माओ यलुङ राईलगायतले पनि पार्टी प्रबेश गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पार्टिका बरिष्ठ नेता रामबहादुर थापा बादलले अहिले भईरहेको बाम एकता मुलुकको लागि अपरीहार्य आवश्यकता रहेको बताउँदै यस ऐतिहासिक क्षणलाई साम्यवादको लक्ष्यमा पुग्ने आधारको रुपमा उपयोग गर्न सक्नुपर्ने बताए ।
त्यस्तै उनले अहिलेको मुख्य कार्यभार भनेको निर्वाचनमा बाम गठबन्धनलाई जिताउने भएको उल्लेख गर्दै त्यसनिम्ति सबैले आआफ्नो ठाउबाट सशक्त भूमिका निर्बाह गर्न अपिलसमेत गरेका छन् ।

नवप्रबेशीहरुको तर्फबाट मन्तब्य राख्दै नेता मणी तामाङले ओझेलमा परिरहेको पहिचानको मुद्धालाई सशक्त ढंगबाट उठाउने पार्टी माओबादी केन्द्र नै भएको र मुलुकको निकास पनि यही पार्टीबाट मात्रै सम्भब हुने ठहरसहित पार्टी प्रबेश गरेको बताए ।

उनले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनको जित सुनिश्चित भएको ठोकुवा पनि गरे । ‘सोलुखुम्बुमा बाम गठबन्धनका उम्मेद्वार हेम कुमार राई सुरबीरलगायत सबैको जित सुनिश्चित छ’ उनले भने ‘अब हामी पनि आएका छौ । अब अत्याधिक बहुमतले जिताउने जिम्मेवारीका साथ अघि बढ्छौ ।’

थुलुङ दुधकोशी गाउपालिकाका प्रमुख असिम राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा माओबादी केन्द्रका केन्द्रिय कार्यालय सदस्यहरु मणी थापा, गोपाल किराती, लीलामनी पोखरेल, पर्सुराम तामाङ तथा सोलुखुम्बु बाम गठबन्धनको निर्वाचन परिचालन कमिटीका सहसंयोजक राजेन्द्र बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV