२१ कार्तिक २०७४, मंगलवार

काठमाडौं। नेपाल टेलिकमले भूकम्प प्रभावित जिल्लाका ५५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएका छन्  । वाइम्याक्स, इभिडिओ तथा थ्रिजी प्रविधिमार्फत उक्त सेवा सञ्चालनमा ल्याएको टेलिकमले जनाएको छ ।

कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा सेवाग्राहीले  दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् ।
भूकम्प प्रभावित सिन्धुपाल्चोकका १२, नुवाकोटका २६, काभ्रेपलाञ्चोकका आठ र रसुवाका नौ स्थानमा सो सेवा सञ्चालनमा ल्याएको कम्पनीका जनाकारी दिए।

कम्पनीले उल्लिखित चार जिल्लाका नगरपालिका, गाउँपालिका, माध्यमिक विद्यालय, हेल्थ पोस्ट आदिमा सर्भिस प्वाइन्ट स्थापना गरी आवश्यकता अनुसार वाइम्याक्स, जिएसएम, सिडिएमए र एडिएसएलमार्फत इन्टरनेट सुविधा उपलब्ध गराएको हो ।

सेवाग्राहीले ती स्थानमा कम्तीमा ५१२ केबिपिएस गतिको अनलिमिटेड इन्टरनेट सेवा दुई वर्षसम्म निःशुल्क चलाउन पाउने छन् । कम्पनीले यी चार जिल्लाका अन्य भूकम्प प्रभावित क्षेत्रमा पनि इन्टरनेट सेवा सञ्चालनका लागि आवश्यक कार्य गरिरहेको जनाएको छ ।

LIVE TV