२१ कार्तिक २०७४, मंगलवार

काठमाडौँ  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था हुनुपर्ने एजेण्डासहितको घोषणापत्र सार्वजनिक गरेको छ।

ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा मंगलबार बिहान आयोजित कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तयार पारिएको घोषणापत्र सार्वजनिक गरेका हुन्। राप्रपाको घोषणापत्रमा राजसंस्थासहितको लोकतन्त्र स्थापना गर्ने उल्लेख गरिएको छ।

घोषणापत्रमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मदिनको स्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने र नेपाली परिवेश सुहाउँदो मौलिक प्रजातन्त्र कायम गर्ने विषयलाई समेत समेटिएको छ ।

‘राष्ट्रियता, सनातन धर्म, राजसंस्था सहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, असंलग्न परराष्ट्र नीति र सामाजिक न्याय तथा समावेशी सिद्धान्तलाई पार्टीको वैचारिक आधारस्तम्भका रूपमा आत्मसात गरिएको छ,’ राप्रपाको घोषणापत्रमा लेखिएको छ।

मुलुकमा सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र कायम गरी सम्पूर्ण धर्मबीच समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गरिने तथा आर्थिक वृद्धिदरमाथि लैजान १५ वर्षभित्र पर्याप्त रोजगारी सिर्जना गरी वैदेशिक रोजगारमा जाने जनशक्तिको अन्त्य गरिने घोषणा पत्रमा उल्लेख छ ।

यसैगरी घोषणा पत्रमा वीर–अस्पताल नयाँ संरचनाअनुसार सातै प्रदेशमा स्थापना गरिने, सदाका लागि विद्युत्भार कटौतीको अन्त्य गरिने तथा उच्चस्तरीय छानबिन न्यायीक आयोग गठन गरी अवैध रुपमा कमाएका सम्पत्ति जफत गर्ने र विभिन्न व्यक्ति एंव समूहद्वारा विदेशमा लुकाइएका कालोधन फिर्ता ल्याई राष्ट्र निर्माण उपयोग गरिने उल्लेख छ ।

घोषणापत्रको पूर्णपाठ :

LIVE TV