२१ कार्तिक २०७४, मंगलवार

ललितपुर। ट्राफिक प्रहरीले आज  बिहान गरेको आकस्मिक चेकिङ्गमा १०३ जना विद्यार्थी कारवाहीमा परेका छन् ।

ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ललितपुर ट्राफिक प्रहरीले पछिल्लो समय जिल्लामा ट्राफिक नियम पालना नगर्नेमाथि कडा कारवाही अघि बढाइरहेको छ । यही अभियान अन्तर्गत ट्राफिक प्रहरीले आज बिहान कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरेर चेकजाँच गरेको थियो ।

‘बिहानको समयमा कलेज आउने समयमा ट्राफिकको चेकिङ नहुने तथा कलेज छुट्दा पिक आवर भएको हुँदा कलेजका विद्यार्थीहरुले चलाउने सवारीलाई नियमन गर्न सकिरहेका थिएनौँ,’ ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘यसले गर्दा कलेज पढ्ने विद्यार्थीहरुले नियम उल्लंघन गर्ने र दूर्घटनामा पर्ने संख्या पनि बृद्धि भएको पायौँ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV