२१ कार्तिक २०७४, मंगलवार

काठमाडौं । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको लागि कात्तिक २५ गतेबाट मतदाता शिक्षा शुरु गर्ने जनाएको छ । आयोगले पुर्व निर्धारित कार्यक्रमलाई केहि परिमार्जन गरि मतदाताको घरदैलोमै पुगेर मतदाता शिक्षा दिन लागेको जनाएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनका क्रममा मतदाता शिक्षा दिँदा पनि मतपत्र बदर संख्या नघटेकाले मतदाता शिक्षालाई थप प्राथमिकताका साथ लागु गर्र्ने जनाएको छ । आयाोगले छोटो समयमै मतदाता शिक्षाका लागि तयारी गर्नुपरेको भन्दै जनताको घरदैलोमा सबै प्रतिनिधिहरु पुग्ने गरी व्यवस्था मिलाएको आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।

आयोगले घर दैलो अभियान सञ्चालनसँगै सञ्चारमाध्यमहरुबाट समेत मतदाता शिक्षा दिइनेजनाएको छ । मतदाता शिक्षा दिने काम आयोगको मात्र नभई राजनितिक दल लगायत सरोकारवाला सबैको रहेकाले मतदाताहरुलाई मतदाता शिक्षा दिने क्रममा कुनै कमि कमजोरी नराख्न समेत आग्रह गरेको छ ।

LIVE TV