२० कार्तिक २०७४, सोमबार

काठमाडौं । नायिका ऋचा शर्मा र नायक तथा निर्देशक अर्पण थापाको टिमअप फिल्म ‘फेरि–फेरि’मा पनि हुने भएको छ । । ‘आधा लभु, चक्कर, सुनकेसी, र फिर्के उनिहरुले टिम अप गरिसकेका छन् । यो फिल्मको निर्देशन भने ‘कान्छी मट्याङ ट्याङ’ फेम निर्देशक पुरन थापाले गर्दैछन् ।

निर्देशक पुरनका अनुसार माता वसुन्धरा मुभिजको प्रस्तुतिमा बन्ने फिल्म कमेडी जन्र्मा राखिएको छ । निर्देशक पुरन आफूले हालै नेपालमा पहिलोपटक रेड इपिक डब्लू हेलियम एट के क्यामेरा भित्राएको र सोही क्यामेराले फिल्म खिचिने जानकारी दिएका छन् ।

रामेश्वर कार्कीले खिच्ने फिल्ममा एनबी महर्जनको द्वन्द्व निर्देशन र विकास चौधरीको संगीत छ । फिल्ममा अर्पण थापा, ऋचा शर्मा, ओमप्रतिक गुरुङ, धर्मेन्द्र आचार्यसँगै निर्देशक पुरन आफै प्रमुख भूमिकामा छन् ।

LIVE TV