२० कार्तिक २०७४, सोमबार

भुपेन्द्र भण्डारी

काठमाडौँ । गरीवी निवारण कोषले ९ लाख घर परिवार आफ्ना कार्यक्रम मार्फत लाभान्वित भएको जनाएको छ । कोषले देशका विभिन्न जिल्लाहरुमा सामुदायिक संस्था गठन गरेको छ । कोषले बास्तविक गरीवहरुको पहिचान गरी बिभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपालमा गरीवी न्युनीकरण गर्न गरीवी न्युनीकारण कोषले विभिन्न कार्यक्रम मार्फत गरिवीका रेखामुनि रहेका करीब ९ लाख घरधुरीमा प्रत्यक्ष काम गरिरहेको जनाएको छ । नेपालमा करीब १४ लाख घरपरीवार गरीवीको रेखामुनी रहेको र ती मध्ये करीब ९ लाख घर परिवार गरीवी न्युनिकरणको विभिन्न कार्यक्रमहरु मार्फत लाभन्वित भएका भएको गरिवी निवारण कोषका कार्यक्रम महाशाखा प्रमुख श्रीराम सुवेदीले जानकारी दिनुभायो ।

गरिवी निवारणकोषकरीब ३२ हजार सामुदायिक संस्था गठन गरी कोषले कार्य गरीरहेको कार्यक्रम महाशाखा प्रमुख सुबेदीले जानकारी दिनु भयो । उहाँले हाल ६० जिल्लाहरुमा गरीवी निवारण कोषले कार्य गरीरहेको जाकारी दिनुभयो । कोषले वास्तवीक गरीब परिवार पहिचान गर्न सरकारले परिचय पत्र वितरण कार्य सुरु गरेको थियो । सहकारी मन्त्रालय र गरिवी विवारण मन्त्रालयबाट गरिवी परिचय पत्र वितरणको काम भइरहेको कोषका कार्यक्रम महाशाखा प्रमुख श्रीराम सुवेदीले बताउनु भयो । उहाँले कोषले   वास्तवीक गरिव पहिचान गरेर लक्षित समूहमा काम गरेको बताउनु भयो ।

गरिवी निवारणकोषकोषले विगत १४ बर्ष देखि गरिव परिवारको राहतको लागि विभिन्न किसिमका कायक्रमहरु गर्दै आएको छ । कोषले गरिवीका रेखामुनि रहेका परिवारका सदस्यहरुको क्षमता अभिबृद्धि गर्न र आर्थिक स्तर मथि उकास्न विभिन्न किसिमका कार्य गरीरहेको कोषले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV