२० कार्तिक २०७४, सोमबार

नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य तथा पाल्पा निर्वाचन क्षेत्र नं १ प्रनिनिधिसभा सदस्य उम्मेदवार दलबहादुर रानाले संविधान कार्यान्वयनका लागि वाम गठबन्धनको बहुमत आउनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर पाल्पाको आयोजनामा वाम गठबन्धनका तर्फबाट पाल्पा जिल्लाका प्रतिनिधि र प्रदेशसभाका उम्मेदवारबीच आज आयोजित परिचयात्मक कार्यक्रममा उहाँले मंसिरपछि केन्द्र र सात प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं २ का उम्मेदवार सोमप्रसाद पाण्डेयले आर्थिक समृद्धिका लागि वाम गठबन्धनको विजय हुनुपर्ने बताउनुभयो । पाल्पा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (क)का उम्मेदवार युवराज खनाल, (ख) नारापणप्रसाद आचार्य, निर्वाचन क्षेत्र नं २ को प्रदेश (क) डा पुरन बज्राचार्य, (ख) तुलराम घर्ती मगर, नेकपा (माओवादी केन्द्र)का नेत्रप्रसाद पाण्डेय र एमालेका झपीन्द्र जिसीले पनि वाम गठबन्धनको विजय आवश्यक भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV