२० कार्तिक २०७४, सोमबार

काठमाडौँ । असोज ८ गते न्युज २४ टेलिभिजन र अख्तियार दुरुपयोग अनुशन्धान आयोगको टोलीले बालाजु प्रहरी वृतमा घुस लिदाँलिदैँ पक्राउ गरिएका प्रहरी सहायक निरीक्षकमाथि सोमबार भ्रष्टाचारको मुद्धा दायर भएको छ । घुस लिएको विषयमा न्यूज २४ टेलिभिजनले गरेको स्टिङ अपरेशनमा साथ दिएको आयोगले सोमबार डिएसपी नवीनकृण भण्डारीसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बालाजु प्रहरी वृतका प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाटसहितको टिमले धानेश्वरका गंगा देवानलाई अपहरण गरी उनकी श्रीमती विनिता देवानसँग थुनामुक्त गर्ने बहानामा ५ लाख घुस लिएका थिए । जसलाई न्यूज २४ टेलिभिजनसँगको सहकार्यमा आयोगले रंगेहात पक्राउ गरेको थियो । सोमबार आयोगले प्रहरीले निलम्बित डिएसपीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

डिएसपी भण्डारी महानगरीय प्रहरी वृत्त बालाजुमा कार्यरत रहँदा एक व्यक्तिलाई थुनामा राखेर पैसा असुलेका थिए। डिएसपी भण्डारीसहित प्रहरी सहायक निरीक्षक चन्द्रसिंह भाट, इलाका प्रहरी कार्यालय, फर्पिङमा कार्यरत प्रहरी हवल्दार मनोजकुमार यादव, महानगरीय प्रहरी प्रभाग, बालसुधार गृह, ठिमी, भक्तपुरमा कार्यरत प्रहरी जवान पुष्करबहादुर शाह तथा आफूलाई प्रहरी कर्मचारी भएको बताउने विन्दवासिनी बालुवा डिपो संचालक विनोद थापा बगालेविरुद्ध मुद्दा दायर भएको हो ।

भारतीय सेनामा भर्ती गराउन भनी फारम संकलन र रकम असुल गरेको भन्ने आरोप लगाई उनीहरुले गंगा यादवलाई पक्राउ गरी ५ लाख घुस लिएका थिए । आयोगले सोमबार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ र सोही उपदफाको देहाय ३ बमोजीम कारवाहीको मागदावी सहित बिषेश अदालतमा मुद्दा दायर गरेको छ । गंगा देवानलाई गैरकानुनी रुपमा पत्राउ गरी थुनामुक्त गर्ने वहानमा २० लाख रुपयौँ फिरौती माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV