२० कार्तिक २०७४, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई डा गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश जारी गर्न एक हप्ते अल्टिमेटम दिएका छन् । डा. केसीले पत्रकार सम्मेलन गर्दै एक हप्ताभित्र जारी नभए १४ औं अनशन थाल्ने बताएका छन् ।

चिकित्सा शिक्षा ऐन संसदबाट पारित हुन नसकेपछि अध्यादेश जारी गर्ने सहमति नेपाल सरकारले केसीसँग गरेको थियो । सोही सम्झौता अनुरुप नेपाल सरकार मन्त्री परिषदले अध्यादेश जारी गर्ने निर्णय गर्दै राष्ट्रपति भण्डारी समक्ष पठाएको थियो । तर, भण्डारीले उक्त अध्यादेश रोकेर राखेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV