२० कार्तिक २०७४, सोमबार

काठमाडौं । वहुचर्चित काठमाडौं क्षेत्र नम्वर १ का प्रतिनिधिसभा तर्फका बाम गठवन्धनका उम्मेदवार अनिल शर्माले कार्यलयको उद्घाटन नै विजयीका लागि शुभसंकेत भएको बताएका छन् । कार्यालय उद्घाटन समारोहमा बोल्दै नेता शर्माले यो कार्यालयको उद्घाटन काठमाण्डौ क्षेत्र नम्वर १ का जनताका लागि सेवा गर्न प्रतिवद्ध छु भन्ने अठोट भएको बताए ।

माओवादी केन्द्रका नेता जर्नादन शर्मा उर्जामन्त्री हुँदा जसरी अकल्पनिय लोडसेडिगंको अन्त्य, सडक सुधारका साथै तिव्र आर्थिक वृद्धि भयो त्यहि गतिमा अब काठमाण्डौ क्षेत्र नम्वर १ लाई दश क्षेत्र मध्येकै नमुना क्षेत्र बनाउने उद्घोष शर्माले गरे ।

जनतालाई घात गर्ने होइन, अब यो सिरानीमा बगेको बागमती, धोविखोला र रुद्रमती जस्ता नदी खोलालाई जिवनदान दिने शर्माको प्रतिवद्धता थियो । शुद्ध नदि, झिलिमिली, हरियाली काठमाण्डौ, चौडा, चिल्ला भित्री सडक अनि व्यवस्थित ढल आफनो मुख्य योजना रहेको बामगठवन्धनवाट काठमाण्डौ क्षेत्र नम्वर १ का उम्मेदवार शर्माले स्पष्ट पारे ।

उनले भने, ‘त्यो जीवननली बनाउने, त्यो आफ्नो भल्व बनाउने, त्यो नसा बनाउने, जीवनको रक्तप्रवाह गर्ने नसा जस्तै हाम्रो यहाँको वातावरणीय प्रवाह कायम गर्न सक्ने नेता बाम उम्मेद्वारका प्रतिनिधिहरु मात्र रहेका छन् ।’

बाम उम्मेदवारका प्रतिनिधिलाई यहाँको जनताले विजयी गराउनेछन्, उनले भने, ‘नेपाली समाजमा थुप्रै समस्या छन्, त्यस्ता समस्याको समाधान बाम गठबन्धनका प्रतिनिधिले मात्र गर्न सक्छन् ।’

बाम गठवन्धनका उम्मेदवार शर्माले भने, दैनिक सयौ युवा विदेश पलयान भैरहेको हामीले हाम्रै आखाँले देखेका छौ, क्षमतावान युवा रोजगारीको अवसर नपाएर पलायन भएका हुन, म त्यो रोक्ने र स्वदेशमै रोजगारी सृजना गर्ने अठोट बोकेर कोठमाण्डौ क्षेत्र नम्वर १ रोजेको हुँ ।

काठमाडौं उपत्यका जसमा काठमाडौंको क्षेत्र नं १ जहाँ काठमाडौंको मुटु हो उनले भने, ‘यसलाई स्वच्छ र पवित्र बनाउने हाम्रो प्रतिबद्वता छ । त्यही प्रतिबद्वता जनताको बीचमा, त्यही प्रतिबद्वता मतदाताको बीचमा पुर्याउनु पहिलो काम हो ।’

LIVE TV