२० कार्तिक २०७४, सोमबार

काठमाडौं । पूर्व राष्ट्रपति डा. रामबरण यादव बस्दै आएको घर मालिकले १५ दिने सूचना जारी गरी यादवलाई घर छोड्न भनेपछी राष्ट्रपतिको कार्यालय शितलनिवास ले प्रतिक्रिया दिएको छ ।

राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्र पौडेलले पूर्व राष्ट्रपति यादवलाई सरकारले दिइृने भनेको सेवा सुविधामा कुनै कमी नगरेको सरकारको निर्णय अनुसार पूर्व राष्ट्रपतिको आफ्नो घर भए मासिक एक लाख घरभाडा उपलव्ध गराउने तथा आफ्नो घर नभएको खण्डमा मासिक २ लाख भाडा सरकारले व्यहोर्ने उल्लेख भएको भन्दै त्यसवारे डा यादवलाई जानकारी गराएपनि यादवले प्रतिउत्तर नदिएको गुनासो गरे ।

उल्लेखीत ब्यहोरा डा यादवलार्ई अवगत गराएर विकल्प रोजी जवाफ माग्दा कुनै प्रतिक्रिया नदिएपछी राष्ट्रपति कार्यलयले गत साउन यता घरभाडा बापतको रकम नपठाएको स्वीकार गरेको छ । आफ्नो तवरबाट कुनै त्रुटी नभएको पौडेलले जवाफ दिए ।

 

LIVE TV