२० कार्तिक २०७४, सोमबार

ताप्लेजुङ । एमाले अध्यक्ष केपी शर्मा ओली वाम गठवन्धनका पक्षमा माहोल बनाउन पहिलो चरणमा निर्वाचन हुने पुर्वी नेपालको ताप्लेजुङ पुगेका छन् ।ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराई प्रतिनिधिसभाका लागि वाम गठवन्धनका साझा उम्मेद्वारमा रुपमा प्रतिस्पर्धामा उत्रिएका छन् ।

ओलीले आइतबार जननेता मदन भण्डारीको जन्मघर ढुँगेसाघुको भ्रमण गरेका छन् । पार्टीका नेताहरूसहित ओली हेलिकप्टरबाट ढुंगेसाँघुस्थित जननेता मदन भण्डारीको घरमा पुगेका थिए । केही दिन अगाडि राष्ट्रपति एवम् मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी पनि भण्डारीको जन्मघरमा पुगेर फर्केकी थिइन ।

भण्डारीको घर अवलोकनपछि अध्यक्ष ओलीले आइतबार फुङलिङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले योगेशको खुलेर प्रंशसा गर्दै ढुक्क भएर जिताउन अनुरोध गरेका थिए । ‘अबको सरकार वामपन्थीको बन्छ भन्ने सबैलाई थाहा छ, अब मन्त्री भएर ताप्लेजुङ चलाउने जिम्मा योगेशको हो’ ओलीले भने । ओलीले निर्वाचनपछि एमाले र माओवादीबीच एकता हुने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV