२० कार्तिक २०७४, सोमबार

एजेन्सी ।  स्पेनिस ला लिगा फुटबल अन्तर्गत गएराति भएको खेलमा रियल म्याड्रिडले प्रभावशाली जित दर्ज गरेको छ । घरेलु मैदानमा भएको खेलमा रियल म्याड्रिडद्वारा लास पालमस ३–० गोल अन्तर पराजित भएको छ ।

रियल म्याड्रिडले लास पालमसलाई ३–० ले हराएर महत्वपूर्ण तीन अंक जोडेको छ । च्याम्पियन्स लिग अन्तर्गत टोटनह्यामसँगको हारबाट बाहिर निस्कँदै जित लिगमा जित निकाल्ने क्रममा रियल म्याड्रिडका लागि कासेमिरो, मार्को एसेन्सिओ र इस्काले गोल गरे । गएको सिजन ला लिगा तथा च्याम्पियन्स लिगको उपाधि जितेको रियल म्याड्रिडले आफ्नो खेलको उच्च स्तरको लय समात्न अझै सकेको छैन ।

४१ औं मिनेटमा कासेमिरोलो गोल गर्दै रियललाई सुरुवाति अग्रता दिलाए । दोस्रो हाफको सुरु मा मार्को एसेन्सिओले ३० यार्डबाट प्रहार गरेको रकेट सटमार्फा भएको गोल ला लिगामा यो सिजनमा अहिलेसम्मकै उत्कृष्ट गोल रहेको विश्लेषण गरिएको छ ।

७४ औं मिनेटमा इस्कोको गोलका लागि सहयोग गरेका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो आफैले भने गोल गर्न सकेनन् । यो सिजन लिगका सुरुका चार खेल गुमाएका रोनाल्डोले अहिलेसम्म लिगमा एक गोल मात्रै गरेका छन् । जितपछि तेस्रो स्थानको रियलको ११ खेलबाट २३ अंक भएको छ ।

रियल शीर्ष स्थानको बार्सिलोना भन्दा ८ अंकले पछि छ भने दोस्रो स्थानको भ्यालेन्सिया भन्दा चार अंकले पछि छ ।

LIVE TV