२० कार्तिक २०७४, सोमबार

काठमाडौं । पूर्वराष्ट्रपति यादव ललितपुर- ४ स्थित बागडोलमा रहेको रविभक्त विष्टको घरमा भाडा तिरेर बस्दै आएका छन् । पूर्वराष्ट्रपतिको आवासको भाडा सरकारले तिर्दै आएको छ । तर पटक–पटक घर खाली गर्न सूचना दिदा पनि खाली नगरेको भन्दै घरबेटी रविभक्त विष्टले पत्रिकामा सूचना निकालेका छन् ।

सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिले आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन सोमबार पत्रिकामा सूचना जारी गरेका हुन् । घरबेटी विष्टले सूचना जारी गर्दै पूर्वराष्ट्रपतिलाई १५ दिनभित्र विजुलीको बिल र भाडा तिरेर घर खाली गरिदिन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV