२० कार्तिक २०७४, सोमबार

काठमाडौं । छठ पर्वको अवसर पारेर कात्तिक ९ गतेदेखि एक सयभन्दा बढी हलमा प्रदर्शनमा आएको  ‘ऐश्वर्य’ले पहिलो दिननै  सुखद कलेक्शन गरेको थियो। अभिनेता रमेश उप्रेतीले निर्माण गरेको फिल्म ‘ऐश्वर्य’ हाल दोस्रो सातामा प्रदर्शनरत छ । रमेश ऐश्वर्यबाट आफू अभिनेता तथा निर्माताका रूपमा स्थापित भएको दाबी गर्छन् ।

अहिले दोस्रो सातामा पनि दर्शकको साथ निकै राम्रो भैरहेका छन् । फिल्मले पहिलो साता झन्डै दुई करोड १५ लाख रुपैयाँको कमाइ भैसकेको रमेश उप्रेती संगको कुराकानी नयाँ पत्रिकाबाट प्रस्ट हुन्छ ।

ऐश्वर्य पूर्ण मनोरञ्जक फिल्म भएको र  फिल्ममा चाहिने सम्पूर्ण गुणले भरिपूर्ण फिल्म रहेको उप्रेती बताउछन्। नेपाली फिल्म कतिसम्म गुणस्तरीय बन्छ भन्ने कुराको जानकारी लिनका लागि भए पनि एकपटक ऐश्वर्य हेर्नुस् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV