१९ कार्तिक २०७४, आईतवार

काठमाडौं। सर्वोच्च अदालतको आदेशपछि अन्यौलमा परेको मतपत्र प्रकरणको बारेमा पनि निर्वाचन आयोगले महत्वपूर्ण अध्याय समाप्त गरेको छ । निर्वाचनको निर्धारित मितिलाई नै चुनौती दिने गरि आएको अदालतको आदेशको शिरोपर गर्दै आयोगले आफ्नो आँट देखाएपछि पहिलो चरणमा हुने निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाईको कार्य पनि सम्पन्न भएको छ ।

आफ्नो कार्यतालिका अनुसार अघि बढिरहेको आयोगले कुनै पनि कार्यलाई चुक्न नदिई अघि बढ्दा दलहरुको दौडादौड पनि देशभर सुरु भएको छ । काँग्रेस र वाम गठबन्धनका आधिकारिक उम्मेद्वारविरुद्ध उम्मेद्वारी दिएका वागीहरुले कतिपय स्थानमा आफ्नो उम्मेद्वारी फिर्ता लिंदा दलहरुले राहत महसुस गरे पनि मधेस केन्द्रित दलहरुमा भने बागी बागी नै बनेर पेश हुने निश्चित भएको छ ।

निर्वाचनको सेरेफेरोमा मुलुक ताँतिदै गर्दा यता अख्तिायरले भने नेपाल प्रहरीका पूर्व महानिरीक्षक उपेन्द्रकान्त अर्यालदेखि पूर्व मुख्य सचिव राजेन्द्रकुमार क्षेत्रीको निजी ढुकुटीको परीक्षण थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV