१९ कार्तिक २०७४, आईतवार

काठमाडौं । फिल्म ‘रोमोयो’को नयाँ गीत रिलिज भएको छ। कार्तिक २४ गते रिलिज हुने यो फिल्मको ‘तिम्रो यादमा’ बोलको सेन्डिमेन्टल गीत रिलिज भएको हो।

रिलिज भएको गीतमा नायक हसनराजा खान नायिका नीशा अधिकारीको अभिनय रहेको छ। कुर्बान अली खान र अमृता लिम्बुको आवाज रहेको गीतको शब्द तथा संगीत कुर्वानकै हो ।

फिल्ममा हसनराजा खान, मेलिना मानन्धर, नीशा अधिकारी, ओसिमा बनु, विष्णु प्रतापको मुख्य अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथा रहेको फिल्ममा अष्ट महर्जनको एक्सन, साहिल खानको सम्पादन, रामेश्वर कार्कीको छायांकन छ ।

यस अघि फिल्मको ‘ल्याङ ल्याङ’ बोलको गीतका दर्शक तथा श्रोतामाझ लोकप्रिय भइसकेको छ। फिल्मलाई शंकर कार्कीले निर्देशक गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV