१९ कार्तिक २०७४, आईतवार

काठमाडौं । नेपाली साङ्गितिक ईतिहासमा नै पहिलो पटक आधुनिक गीति संग्रह ‘ गीत एक, सङ्गीत अनेक’ नामक ‘जूनी’ एल्बमको चौथो गीत ‘यो जुनीमा बाचुन्जेल सम्म’ बोलको गीत पनि दर्शक तथा श्रोताहरुमाझ रिलिज भईसकेको छ । तिहारको अवसर पारेर गीतकार नीर प्रसाद गुरुङ्गले यस गीतलाई सबैको अगाडी लिएर आएका हुन् । गायिक मिलन अमात्यको सुमधुर स्वरमा सजिएको गीत निकै मार्मिक छ ।

गीतकार गुरुङले ‘जूनी’ एल्बममा ४ वटा गीत समावेश गरेका छन् । गीत एक, सङ्गीत अनेकको मुख्य विशेषता चारवटा गितको शब्द एउटै रहेको छ भने लय र ताल अलग अलग धारमा दर्शक( श्रोताहरुले सुन्न पाउनेछन् ।

सार्वजनिक यस गीतमा शब्द सङ्गीत नीर प्रसाद गुरुङ्गको स्वयम आफ्नै रहेको छ । सबै गीतको सङ्गीत संयोजन बहुचर्चित कलाकार बी.बी.अनुरागीले अति सुन्दरपनले गरेका छन् । दिपक सुनारको रिकर्डिङ्ग रहेको यस गीतमा मिक्सिङ्ग( मास्टेरिङ्ग शुकुराम विश्वकर्माले गरेका छन् । गीतको भिडियो पनि निकै सुन्दर तयार भएको छ ।

भेष गुरुङको छायांकन रहेको भिडियोमा मोडेल तथा नायिका रन्जिता गुरुङ्गले एक दृष्टिबिहिन युवतीको भूमिका निर्वाह गरेकी छन् । भिडियोमा रन्जितालाई चर्चित नायक गमन घलेले साथ दिएका छन् । भिडियोमा राजन पुवारको सम्पादन र प्रीतम गुरुङ्गको निर्देशन रहेको छ । निर्देशक प्रीतम गुरुङ्गले भिडियोमा केहि फरक देखाउन खोजेका छन् ।

https://youtu.be/tXuUgMjWf-E

प्रतिक्रिया दिनुहोस्
LIVE TV