१९ कार्तिक २०७४, आईतवार

काठमाडौं र नायिका नीता ढुङ्गाना पछिल्लो केहि दिनदेखि अमेरिकामा छिन् । एक फिल्म फेस्टिभलमा सहभागी हुन पुगेकी नीताले सो कार्यक्रममा उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । अवार्ड जितेपछिका दिनमा ‘होलिडे ईन्जोय’ भन्दै नीता यतिबेला अमेरिकाका विभिन्न ठाउँमा घुम्नमा व्यस्त छन् ।

केहि सञ्चार माध्यममा नीता अमेरिका पलायन भएको भन्दै आएको समाचारलाई खण्डन गर्दै उनले आफु कहिल्यै अर्काको देशमा नबस्ने भन्दै नेपाल, नेपाली फिल्म र नेपाली दर्शक नै आफ्नो जीन्दगी रहेको बताउँदै केहि दिनको घुमघामपछि नेपाल फर्किने बताईन् ।

पञ्चायत’ फिल्मको स्कृनिङमा पुग्दै सोहि फिल्ममा उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी नीता यहि नोभेम्बर १३ तारिखमा नेपाल फर्किने बताइन् । पछिल्लो पटक ‘निर्भय’ मार्फत पर्दामा आएकी नीताले यो बीचमा पञ्चायतसँगै ‘करोडपति’ फिल्म समेत गरिसकेकी छिन् ।

नीताले गत महिना जन्मदिनको अबसरमा प्रोडक्सन हाउसको घोषणा गरेकी थिईन् । अब छिट्टै नै ‘नीता ढुङ्गाना प्रोडक्सन’बाट फिल्म बनाउने समेत तयारी भईरहेको बताएकी छिन् ।

अमेरीकामा होलीडे मनाईरहेकी नीतालाई ७ तस्विरमा नियाल्नुहोस्ः

LIVE TV