१९ कार्तिक २०७४, आईतवार

काठमाडौं । नायिका तथा निर्देशिका झरना थापाको फिल्म ‘ए मेरो हजुर २’ अब अस्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा सफल बनेको फिल्म अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी गराएका छन् । निर्माण पक्षको अनुसार अस्ट्रेलियाको तासमानियामा १२, सिड्नीमा १८ र मेलबर्नमा १९ नोभेम्बरमा फिल्म प्रदर्शन हुने छ ।

अष्टे«लियामा हुने सोको लागी नेपालबाट नायिका तथा निर्देशिका झरना थापा र फिल्मकी मुख्य नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह जाँदै छन् । ‘हो र हैन होला’ इभेन्ट्सले सिड्नी र मेलबर्नमा र ‘तास’ इभेन्ट्सले तासमानियामा सो आयोजना गर्न लागेको हो । सुनिल कुमार थापाको निर्माण रहेको फिल्ममा सलिनमान बनियाँ, साम्राज्ञी राज्य लक्ष्मी शाह, सलोन बस्नेत, अनुभव रेग्मी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।

LIVE TV