१९ कार्तिक २०७४, आईतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको बाँदरमुढे घटनाको बारेमा पहिलो पटक माफी माग्नु भएको छ । उहाँले घटनामा संलग्नलाई कारवाही गरिने प्रतिबद्धता व्यक्त गर्दै बाँदरमुढे घटनाले आफुलाई सदैव पोलिरहने बताउनु भयो ।

शनिबार चितवनको माडीमा आयोजित भलिबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष दाहालले सत्य निरुपण तथा मलमिलाप र बेपत्ता छानविन आयोगले काम गरिरहेकाले आयोगले दोषी ठहर गरे संलग्नहरुलाई कारबाही गरिने बताउनु भयो । उहाँले आफूले घटना भएलगत्तै गल्ती भएको स्वीकार गरेको बताउदै सरकार परिवर्तन भइरहने गरेकाले बाँदरमुढे घटनाका पीडितको सबै माग पूरा गर्न नसकेको र वामपन्थी सरकार बनेपछि पूरा गर्ने आश्वासन दिनुभयो । बिगतमा घोषणा गरेको रकम दिन नसक्नुमा सरकार परिर्वतन प्रमुख कारण भएको उहाको जिकिर थियो ।

स्थीर सरकार, सम्वृद्धि र विकासका लागि नै वाम तालमेल गरिएको भन्दै अध्यक्ष दाहालले वामतालमेल तालमेलका लागि मात्र नभई एउटै कम्युनिष्ट केन्द्र निर्माणका लागि भएको बताउनु भयो ।

 

LIVE TV