१९ कार्तिक २०७४, आईतवार

कवाडीमा समेत नविक्ने सामग्रीहरुलाई नयाँ सोच र जाँगर चलाइयो भने पुर्नप्रयोग गर्न सम्भव छ नै । यस्तै असम्भव मानिएका विषयहरु पछिल्लो समय नेपालमा सम्भव हुँदै गएका छन् । ३ वर्ष अघि रद्दीको भाउ पनि नबिकेको दुर्घटनाग्रस्त टर्कीस एयरको विमान अहिले संग्रहालय बनाइएको छ । विश्वमा नै सबल र लोकप्रिय बन्दै गएको हवाई संग्रहालय नेपालमा पनि निर्माण गरेर निम्न वर्गहरुलाई हवाईजहाज कस्तो हुन्छ भन्ने कौतुहलता मेटाउन यही सम्भव हुन्छ भन्ने सोंचले सफल तुल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV