१९ कार्तिक २०७४, आईतवार

पछिल्लो समय नेपाली चलचित्रमा नीखारीएको अभिनय गरे बापत चर्चामा आउन सफल कलाकार हुन् बिपिन कार्की,कलाकारीता सँगै बजार माग बढेपछी बिपिन अहिले चलचित्र साइृन गर्दा आफ्नो पारीश्रमीक बढाएर निर्देशक सँग लिने गरेको खवर आएको छ । हाल पारिश्रमिकको कारण चर्चामा आउने नायकमा अनमोल केसी, प्रदिप खड्का अगाडी छन् ।

नायकहरु सँगै पारिश्रमिक बढी लिनेमा हिजोआज अभिनेता बिपिन कार्की जसले पछिल्लो चलचित्र ‘फनफनी’टेलि सिरियल भद्रगोल टिमले निर्माण गर्न लागेको चलचित्रको लागी १७ लाख लिएको खुलेको छ । बुझिए अनुसार निश्चलले यो चलचित्र निर्देशन गरे बापत २५ लाख पारिश्रमिक लिदै छन् । चलचित्र ‘फनफनी’को हाल कथाको काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV