१९ कार्तिक २०७४, आईतवार

विश्व चर्चित खेलाडी लियोनल मेस्सीले वार्सिलोनाबाट आफ्नो ६ सयौं खेल पूरा गरेका छन् । तर, ६ सयौं खेल उनका लागि गोल रहित बन्यो ।

बार्सिलोना र सेभियाबीच भएको खेल मेस्सीका लागि ६ सयौं खेल थियो । उनको ६ सयौं खेल निकै अविस्मरणीय हुने अपेक्षा विपरित उनले एक गोल समेत गर्न सकेनन् । यद्धपि उक्त खेलमा बार्सिलोनाले जित हाँसिल गरेको छ । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेभियालाई २–१ गोलअन्तरले हराएको छ । खेल सुरु भएको तेस्रो मिनेटमै मेस्सीको कमजोर प्रहारबाट बार्सिलोनाले अग्रता लिने अबसर गुमायो । खेलको १३औँ मिनेटमा सेभियाले पनि गोल गर्ने सुनौलो अवसर गुमाएको थियो । पासो अल्कासेरले २३औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

सेभियाका पिजारोले ५९औँ मिनेट हेडिङमार्फत उत्तकृष्ट गोल गर्दै बराबरी गरेका थिए । तर सेभियाले बराबरी गरेको ६ मिनेटमै बार्सिलोनाका लागि पासो अल्कासेरले गोल गर्दै जारी सिजनमा क्लबको अपराजित यात्रालाई निरन्तरता दिए । लियोनल मेस्सी अहिलेसम्म बार्सिलोनाबाट सबै प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हेन् । त्यस्तै लालिगामा पनि सबैभन्दा बढी गोल गर्ने खेलाडीमा मेस्सी नै अगाडि छन् । बार्सिलोना ३१ अंकसहित लालिगाको अंकतालिकामा शीर्ष स्थानमा रहेको छ । यो खेललाई समेत बार्सा र म्याड्रिडको राजनीतिले तानेको थियो । खेल हेर्न आएका दर्शकहरुले क्याटलनका क्षेत्रीय झण्डा बोकेका मात्र थिएनन्, राजनीतिक बन्दीलाई रिहा गर्न माग गरिएको प्लेकार्ड प्रर्दशन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV