१९ कार्तिक २०७४, आईतवार

काठमाण्डौ । प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्दैछ । उजुरी र नाम फिर्ता लिने सम्पूर्ण प्रक्रिया सकेर आयोगले आज अन्तिम नामावली प्रकाशन गर्न लागेको हो ।

आयोगले आज नै अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नुअघि दिउँसो एक बजेसम्म उम्मेदवारलाई नाम फिर्ता लिन समय दिइएको छ । यस्तै १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने र ३ देखि ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह दिने तयारी आयोगको छ । शनिबार उम्मेदवारविरुद्ध परेको दाबी विरोधमा अनुसन्धान गरेको आयोगले आज उम्मेदवारी फिर्तासहित अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह दिन लागेको हो ।

आयोगमा परेको १० उजुरी मध्य दाबी विरोधको पुष्टि भएकाले ६ जना उम्मेदवारी खारेज गरिएको र ४ जना विरुद्ध परेको उजुरी खारेज गरिएको आयोगले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV