१९ कार्तिक २०७४, आईतवार

काठमाण्डौ । निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा खटिने कर्मचारीहरुलाई गम्भीर भएर आफनो जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । आयोगले मतदाताहरुलाई मतपत्रको बारेमा जानकारी दिने क्रममा होशियारीका साथ जिम्मेवारी पूरा गर्न निर्देशन दिएको हो ।

शनिवार मतदान र मतगणनाको विषयमा कर्मचारीहरुलाई प्रशीक्षण दिँदै आयोगका आयुक्त नरेन्द्र दाहालले प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै पटक सञ्चालन हुने र मतदाताले तीनवटा मतपत्रमा चार ठाउँमा मत संकेत गरि फरकफरक मतपेटिकामा खसाल्नु पर्ने भन्दै कर्मचारीहरुलाई सावधानी अपनाउन निर्देशन दिनुभयो । उहाँले मतदाताहरुलाई मतपत्रमा चिन्ह् लगाउने समयमा समस्या आउने भन्दै मतदाता शिक्षालाई प्रभावकारी र मतदानका समयमा गम्भीर हुन निर्देशन दिनुभयो ।

आयोगले ७ प्रदेशमा नै फरक फरक मतपत्र हुने हँुदा सानो भन्दा सानो विषयमा समेत ध्यान दिएर मतदाताहरुको अमूल्य मत बदर हुन नदिन समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV