१८ कार्तिक २०७४, शनिबार

रामगोपाल तमखु

शनिबार नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) मनाएको छ । सकिमना पुन्हीको दिन नेवार समुदायले विशेषगरी सकि (पिँडालु), चाकुही (सखरखण्ड) उसिनेर खाने चलन छ ।

ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन ईष्ट देवलाई चढाएर मात्र खाने प्रचलन अनुसार नेवार समुदायले सकिमना पुन्हीको दिन पिँडालु, सख्खर खण्ड लगायतका कण्डमुल उसिनेर आफ्ना ईष्टदेवलाई चढाएर खाने गरिन्छ । यसरी मौसम अनुसारको खानेकुराले शरीरलाई मौसम अनुकुल बनाउने र स्वस्थ हुने जनविश्वास रहेको ।

किमना पुन्हीको दिन प्रत्येक टोलमा दाफा भजन गर्दै साँझ मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिडाँलु, भुटेका मकै, भट्मास र गहुँ लगायतका बिभिन्न गेडागुडीहरुले विभिन्न देवी देवता तथा मन्दिरहरुको कलात्मक आकृति बनाई प्रदर्शन गर्ने गरिन्छ ।

साँझ त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन छ । बाराही स्थानमा र यातु महादेव कमलबिनायकमा बिहानै बनाएर प्रदर्शन गरिन्छ भने सूर्यमढी, दत्तात्रीय, तमह्यी लगायत अरु टोलहरुमा साँझबाट मात्र शुरु गर्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV