१८ कार्तिक २०७४, शनिबार

प्रियालक्ष्मी कार्की

उन्नाइस वर्षमुनिको एसिया कप फुटबलको छनौट अन्तर्गत शनिबार नेपालले लगातार तेस्रो हार व्यहोरेको छ । आफनो तेस्रो खेलमा नेपाल युएईसग एक गोलले पराजित भएको हो ।

महत्वपूर्ण जितको लक्ष्य सहित मैदान उत्रेको नेपाल समुहको तेस्रो खेलमा पनि उएईसग एक शुन्यले पराजित भएको हो । यो हारसगै नेपाललको यात्रा यहि टुगिएको छ भने अन्डर १९ एसिया कपमा छनौट हुने सम्भावना पनि सकिएको छ । युएईका लागि खेलको ७२ औ मिनेटमा खल्फान अलिले गोल गरे । नेपालले तिन खेल खेल्दा पनिकुनै अंक जोड्न सकेन ।

नेपाली टोलीका प्रशिक्षक छिरिङ लोप्साङले टिमले दुई खेलमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको भन्दै युएईसँगको खेलमा प्रदर्शन सुधार हुने बताएका पनि मैदानमा खेलाडिहरुले सोचे अनुरुप प्रदर्शन गर्न सकेनन । नोपलले युएई विरुद्ध पाएको पेनाल्टी समेत गुमायो ।

नेपालले अव अन्तिम खेलमा ओमानसंग प्रतिष्ठाको लागि मात्र खेल्नेछ । नेपालले २२ गते ओमनसँग खेल्ने छ । यसअघि बिहीबार भएको खेलमा बहराइनसँग ३–० तथा मंगलबार भएको खेलमा नेपाल कीर्गिस्तानसँग २–० ले हारेको थियो । १० वटा समूहबाट विजेता र उत्कृष्ट ६ उपविजेता इन्डोनेशियामा हुने १९ वर्षमुनिको एसिया कपमा छनौट हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV