१८ कार्तिक २०७४, शनिबार

भक्तपुर (रासस) । सूर्यविनायक नगरपालिका–२ बालकोटमा मिनीट्रकको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ ।

सडकमा अनटेष्ट लेखिएको मिनीट्रक पछाडि फर्काउँदा सडकमा खेलिरहेकी रामेछाप गोठपानी ७ घर भई हाल बालकोट बस्ने तीन वर्षीया तपस्या श्रेष्ठको मृत्यु भएको हो ।

ठक्करबाट घाइते बालिकाको उपचारका क्रममा किष्ट अस्पताल ललितपुर लगिएकामा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसार भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्
LIVE TV