१८ कार्तिक २०७४, शनिबार

प्रियालक्ष्मी कार्की

काठमाडौँ । अन्डर १९ एसिया कपको तयारीको क्रममा बगलादेश भ्रमणमा रहेको नेपाली अन्डर नाईन्टिन टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । लगातार दोस्रो हार व्यहोर्ने क्रममा नेपाल दोस्रो अभ्यास खेलमा एक सय २३ रनले पराजित भएको हो ।

शनिबार बगलादेशको क्रिया शिखा प्रतिष्ठान विकेएससी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बलादेशले बंगलादेशल ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । बगलादेशका लागि सैफ सहन र अफिफ हुसुनेले अर्धशतक पूरा गरेका थिए ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछाने र कप्तान दीपेन्द्रसिंह ऐरीले समान २ विकेट लिए । २ सय २८ रनको विजयी लक्ष्य सहित ब्याटिङ गरेको नेपालको सुरुवात निकै फितलो भयो । नेपाल ३६ दशमलव ५ ओभर खेल्दै एक सय १४ रनमा अलआउट भयो ।

नेपालका लागि रसिद खानले २४ र पवन सराफले १६ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानको क्रिजमा जम्न सकेनन् । यसअघि नेपाल पहिलो अभ्यास खेलमा ३ विकेटले पराजित भएको थियो । एसिया कपको तयारीमा रहेको दुवै टोली नेपाल र बंगलादेशबीच अव अन्तिम अभ्यास खेल आईतबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV