१८ कार्तिक २०७४, शनिबार

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माडी पुगेका छन्। शनिबार माडी पुग्दा प्रचण्डलाई बाजागाजासहित भव्य स्वागत गरिएको छ । माडी नगरपालिका गेटमै भव्य ब्यानर लेखेर माडीमा पूर्वप्रधानमन्त्री प्रचण्ड र पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई हार्दिक स्वागत गरौं भनेर लेखिएको ब्यानर नै टाँगिएको थियो।

माडीको वसन्तपुरमा रहेको सहिदको सालिकमा माल्यार्पण गरी प्रचण्डले माडीका कार्यक्रमहरुमा सहभागी भएका छन्। माडीको अयोध्यापुरी गाविसको बगईबाट भरतपुरका लागि छुटेको ना १ ख ३२४५ नम्बरको बस २०६२ साल जेठ २३ गते विहान पौने ८ बजे बाँदरमुढे खोलामा विद्युतिय धरापमा पर्दा ठूलो संख्यामा सर्वसाधारणले ज्यान गुमाएका थिए। यो घटनाका कारण तत्कालिन समयमा प्रचण्ड र माओवादीको चर्को आलोचना भएको थियो।

यस्तै माडीमा आयोजित एक कार्यक्रममा राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्षसहित सिङ्गो समिति माओवादीमा प्रवेश माओवादी केन्द्रमा प्रवेश गरेको छ । राप्रपा प्रजातान्त्रिकको जिल्ला समितिलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए।

तिमिल्सिना चितवन जिल्लाका स्थापित नेता हुन्। सत्य र निर्भिक स्वाभावका तिमिल्सिना गत महिना सम्पन्न स्थानीय तहको निर्वाचनमा भरतपुर नगरपालिकामा मेयर उम्मेदवार थिए। नेपाली कांग्रेसको समर्थनमा चितवन क्षेत्र ३ का उम्मेदवार बिक्रम पाण्डेका बलिया खम्बा मानिएका तिमिल्सिना र लामासहितको पार्टी प्रवेशले प्रचण्डको विजय सुनिश्चित भएको माओवादीले दावी गरेको छ।

LIVE TV