
एजेन्सी । अमेरिकामा रोबोट र ड्रोनका कारण ८९ हजार मानिसले जागिर गुमाएका छन्। यस्तै हो भने आगामी १० वर्षमा १७ प्रतिशत अमेरिकी जागिरहरु रोबोट र ड्रोनले गरिने छन् ।
अमेरिकामा मात्रै नभएर विश्वका कैयौँ मुलुकमा अचेल ड्रोन र रोबोटले विभिन्न काम गर्न थालेका छन् जुन कामका लागि पहिला मानिसको आवश्यकता पर्थ्यो।सयजना मानिसले गर्ने काम त्यही समयभित्र दुईवटा ड्रोनले गर्नसक्ने अवस्था छ।
ड्रोनहरुले विना कुनै त्रुटि काम गर्ने गरेका कम्पनीक संचालकहरु बताउछन् । अनलाइन शपिङ र खुद्रा क्षेत्रका अधिकांश कम्पनीहरुले केही काममा ड्रोन र रोबोटको प्रयोग गरिरहेका छन्। तिनीहरुले सामान प्याकिङ गर्ने काम गर्छन्, ठीक तरिकाले सामान राख्छन् र हरेक सामानको विवरण पनि राख्छन्।
अमेरिकी खुद्रा कम्पनी वालमार्टको अमेरिकाभर अढाई लाखभन्दा बढी गोदाममा उनीहरुले लिफ्टको सहयोगमा सामान एक ठाउँबाट अर्को ठाउँमा राख्छन्। सामान छुट्टयाउने काम पनि रोबोट र ड्रोनले गर्छन्।
आधुनिक यन्त्रहरुले लगभग ती सबै काम गर्ने गरेका छन् जुन काम कुनैबेला मान्छेले गर्दथे। आधुनिक यन्त्रहरुको सहयोगमा कामहरु छिटो हुने गरेका छन्।रोबोट र ड्रोनबाट काम गराउँदा लागत पनि घटेको कम्पनीहरु बताउँछन्।
अमेरिकाको प्रसिद्ध मासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक फदेल अदीब भन्छन्, हरेक वर्ष सामान गुम्ने र यताउति पर्ने समस्याका कारण कम्पनीहरुले अर्बौं डलर बराबरको घाटा बेहोर्नुपर्छ। हिसाबमा त्रुटि हुँदा पनि उनीहरुलाई घाटा हुने गर्छ। त्यस्ता घाटाको क्षतिपूर्ति अचेल रोबोट र ड्रोनबाट हुने गरेका छन् । स्रोत : बिबिसी